बारम्बार सोधिने प्रश्नहरु

  • नेपालमा कसले कम्पनी खोल्न सक्तछ ?

    व्यवसाय गर्ने, सामान्यता मुनाफा आर्जन गर्ने उद्धेश्य लिई उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरुसँग आवद्ध भई एक वा एक भन्दा बढी उद्धेश्य प्राप्तिका लागि कम्पनी दर्ता गर्न सक्तछन् ।
  • कम्पनी किन खोलिन्छ ?

    सामान्यता कुनै पनि उद्यम/ व्यवासाय गरी मुनाफा आर्जन गर्न कम्पनी खोलिन्छ।
  • कम्पनी कति किसिमका हुन्छन् ?

    कम्पनी ऐन २०६३, बमोजिम कम्पनी तीन किसिमका हुन्छन् ।
    1. प्राइभेट लिमिटेड
    2. पव्लिक लिमिटेड
    3. मुनाफा वितरण नगर्ने
  • कम्पनी दर्ता गर्न के-के कागजातहरु आवश्यक पर्दछ ?

    यस वेव साईटको पेजमा कम्पनी दर्ता सम्बन्धी शीर्षक हेर्नुहोला ।
  • कम्पनी दर्ता गर्ने प्रक्रिया के हो ?

    1. कम्पनी रजिष्ट्रारको कार्यालयको website www.ocr.gov.np मा गई user name र password लिने।
    2. अरु कम्पनीसँग नमिल्ने नाम राख्ने।
    3. नाम र उद्धेश्य राखी नाम स्वीकृतिको लागि online बाट पठाउने।
    4. नाम र उद्धेश्य स्वीकृति भएपछि कम्पनी दर्ताको लागि प्रबन्ध पत्र र नियमावली सहित आवश्यक कागजात online बाट पठाउने।
    5. कम्पनी दर्ता भएपछि राजश्व तिरी एक/एक प्रति प्रबन्ध पत्र र नियमावली बुझी लिने।
  • कम्पनीको शेयर पुँजी/ लगानी न्युनतम कति हुनुपर्दछ ?

    कम्पनी दर्ता गर्दा न्युनतम अधिकृत पुँजी रु. १ लाख हुन पर्दछ र राजश्व रु. १०००। लाग्छ।
  • विदेशी व्यक्तिले कम्पनी दर्ता गर्न मिल्छ कि मिल्दैन ?

    तोकिएको निकायबाट विदेशी लगानी स्वीकृति गराए पछि विदेशी व्यक्तिले कम्पनी दर्ता गर्न मिल्छ।
  • कस्ता विदेशी व्यक्तिले कम्पनी दर्ता गर्न पाउँदैन ?

    विदेशी लगानी स्वीकृत गराएका विदेशी व्यक्तिभन्दा अन्य विदेशी व्यक्तिले कम्पनी दर्ता गराउन पाउँदैनन्।
  • कम्पनी दर्ता गरेपछि कम्पनीको उद्देश्यको लागि काम गर्न पाइन्छ ?

    कम्पनी दर्ता गरे पछि तोकिएको निकायबाट इजाजत लिएपछि मात्र कम्पनीको उद्धेश्य अनुसार काम गर्न पाइन्छ।
  • कम्पनीले के-के कागज/विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा कहिले बुझाउनु पर्दछ ?

    वेव पेजमा कम्पनी प्रशासन सम्बन्धी शीर्षक हेर्ने ।
  • कम्पनी दर्ता गर्न कति (शूल्क) राजश्व लाग्दछ ?

    वेव पेजमा राजश्व दस्तुर सम्बन्धी शीर्षक हेर्ने ।
  • कम्पनीले विवरण नबुझाएमा कसरी/कति जरिवाना लाग्दछ ?

    कम्पनी ऐनमा तोकिएको म्यादभित्र दफा ५१, ७८, ८०, १२०, १३१ वा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराउँदा देहाय बमोजिम जरिवाना हुनेछः-
    (1) म्याद भुक्तानी भएको तीन महिनासम्मका लागि,
    रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. १,०००।
    रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. २,०००।
    रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा रु. ५,०००।
    (2) खण्ड (क) बमोजिमको म्याद भुक्तानी भएको मितिदेखि थप तीन महिनासम्मका लागि
    रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. १,५००।
    रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. ३,०००।
    रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा रु. ७,०००।
    (3) खण्ड (ख) बमोजिमको म्याद भुक्तानी भएपछि थप छ महिनासम्मका लागि
    रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. २,५००।
    रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. ५,०००।
    रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा रु. 10,०००।
    (4) खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भइसकेकोमा प्रत्येक वर्षको लागि
    रु. १,00,000 देखि २५ लाख रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. ५,0००।
    रु. २५,००,००१ देखि एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएमा रु. 10,०००।
    रु. १,००,००,००१ देखि माथि चुक्ता पुँजी भएमा रु. 20,०००।
    1. माथि उल्लेख भएको म्यादभित्र त्यस्तो विवरण, सूचना वा जानकारी उपलब्ध नगराउने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा एक करोड रुपैयाँसम्म चुक्ता पुँजी भएको कम्पनीलाई हुने सरहको जरिवाना हुनेछ।
    2. म्याद भुक्तान भएको अवधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिबाट गरिनेछ।
    3. तपशीलका विवरण, सूचना वा जानकारी तोकिएको म्यादभित्र नबुझाएमा महिनाको रु. २००। जरिवाना लाग्नेछ तर यस्तो जरिवाना एक आर्थिक वर्षमा एकहजार रुपैयाँभन्दा बढी हुने छैन। ती विवरणहरु निम्नानुसार छन् -
      • प्रबन्ध पत्र तथा नियमावली संशोधन दफा (२१.१)
      • शेयर बाँडफाँडको विवरण दफा (३१)
      • धितोपत्र कारोबारको संझौता (३२.२)
      • संचालकहरुको पदवहाली भएपछि पेश गर्ने लिखित जानकारी दफा (92.३)
      • लेखापरीक्षक नियुक्ति र सोकी जानकारी दफा (111)
      • एकल शेयरधनीको मृत्य दफा (१53)
      • कम्पनी गाभ्ने विशेष प्रस्ताव दफा (१७७)
      • दर्ता पश्चात कार्यालयको ठेगाना विवरण दफा (१८४)
  • कम्पनीले के काम गर्न पाइंदैन ?

    कम्पनीले प्रवन्ध पत्रमा उल्लेखित व्यवसाय उध्‌यम मात्र गर्नु पर्दछ। कम्पनीले तोकिएको उद्धेश्य अनुसारको व्यवसाय गर्न प्रचलित नेपाल कानुन बमोजिम इजाजत लिनुपर्नेमा इजाजत लिई मात्र गर्नु पर्दछ।
  • कम्पनीले वार्षिक राजश्व (आयकर, भ्याट, अन्तशुल्क आदि) कहाँ र कहिले बुझाउनु पर्दछ ?

    कम्पनीले वार्षिक राजश्व (आयकर, भ्याट, अन्तशुल्क आदि) आ.ब. समाप्त भएपछि सो आ.ब. को वार्षिक लेखापरीक्षण प्रतिवेदन तयार गरी सम्वन्धित आन्तरिक राजश्व कार्यालयमा बुझाउनु पर्दछ।
  • कम्पनीको शेयरधनी को-को हुन सक्दछन् ?

    1. प्राइभेट लिमिटेडमा कम्पनीको शेयरधनी नेपाली नागरिकताधारी नेपाली नागरिक वा कम्पनी शेयर धनी हुन सक्दछ। वैदेशीक लगानी स्वीकृत गरेको विदेशी य्यक्ति वा कम्पनी समेत प्राईभेट कम्पनी शेयरधनी हुन सक्तछन्।
    2. पब्लिक लिमिटेड कम्पनीमा नेपाली नागरिकताधारी नेपाली नागरिक वा कम्पनी शेयर धनी हुन सक्दछ। नेपाली लगानी कर्ता व्यक्ती वा कम्पनी संग साझेदारी गरि वैदेशीक लगानी स्वीकृत गरेको विदेशी य्यक्ति वा कम्पनी समेत पब्लिक कम्पनीको शेयरधनी हुन सक्तछन्।
    3. मुनाफा वितरण नगर्ने कम्पनीको सदस्य नेपाली नागरिकताधारी नेपाली नागरिकमात्र शेयरधनी हुन सक्तछन्।
  • कम्पनीको आफ्नो कारोवार र निर्णयको अभिलेख कस्ले राख्नु पर्दछ ?

    कम्पनीको आफ्नो कारोवार र निर्णयको अभिलेख संचालकले राख्नु पर्दछ।कम्पनीमा कम्पनी सचिव भएमा सो काम कम्पनी सचिवको जिम्मेवारीमा पर्दछ।
  • कम्पनीको संचालकको के-के कर्तव्य हुन्छ ?

    कम्पनीको संचालकको कर्तव्य कम्पनीको उद्धेश्य अनुरुप कार्य गर्नुको अलावा कम्पनीका कागजात सुरक्षित राख्ने र कम्पनी ऐन र अन्य ऐनले तोकेका विवरणहरु तोकेको समयमा कम्पनी रजिष्ट्रारको कार्यालय र अन्य निकायमा बुझाउने पनि हुनेछ।
  • कम्पनीका शेयरधनीहरुको के-के कर्तव्य हुन्छ ?

    कम्पनीका शेयरधनीहरुको कर्तव्य कम्पनीका संचालकहरुले उद्धेश्य अनुरुप कार्य गरे नगरेको र कम्पनी ऐन र अन्य ऐनले तोकेका विवरणहरु तोकेको समयमा कम्पनी रजिष्ट्रारको कार्यालय र तोकिएका निकायमा बुझाउने कार्य भए नभएको विषयमा हेर्ने हुनेछ।
  • कम्पनी दर्ता गर्न कसलाई खटाउन सकिन्छ ?

    कम्पनी दर्ता गर्न शेयरधनी , संचालक वा कम्पनीको विश्वासिलो र भरपर्दो जोसुकै व्यक्ति वा परामर्शदाता लाई पनि अख्तियारी दिएर खटाउन सकिन्छ।
  • कम्पनीको User ID कस्ले प्रयोग गर्नु पर्दछ ?

    कम्पनीको User ID र Password सुरक्षित र गोप्य राख्नु पर्दछ। कम्पनीका सम्पूर्ण विवरणहरु Online माध्यामबाट पठाउन पर्ने हुँदा User ID र Password संचालकले सधै सुरक्षित रुपमा राख्नु पर्छ।कम्पनीले प्राप्त गरेको User ID बाट अपलोड (Upload) गरिएको विवरण र अभिलेखको जिम्मेवारी सम्बन्धित कम्पनीकै रहन्छ।