राजश्व / दस्तुर

राजश्व सम्वन्धि व्यबस्था :

नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि देहाय वमोजिमको दस्तुर तोकेको छ :- १. कम्पनी संस्थापनाको प्रयोजनको लागि: क) प्राईभेट लिमिटेड कम्पनी

  • १. रु १,००,०००/- सम्मको अधिकृत पूँजी भएको
  • रु. १,०००/-
  • २. रु. १,००,००१/- देखि रु ५,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ४,५००/-
  • ३. रु. ५,००,००१/- देखि रु २५,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ९,५००/-
  • ४. रु. २५,००,००१/- देखि रु १,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १६,०००/-
  • ५. रु. १,००,००,००१/- देखि रु २,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १९,०००/-
  • ६. रु. २,००,००,००१/- देखि रु ३,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. २२,०००/-
  • ७. रु. ३,००,००,००१/- देखि रु ४,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. २५,०००/-
  • ८. रु. ४,००,००,००१/- देखि रु ५,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. २८,०००/-
  • ९. रु. ५,००,००,००१/- देखि रु ६,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ३१,०००/-
  • १०. रु. ६,००,००,००१/- देखि रु ७,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ३४,०००/-
  • ११. रु. ७,००,००,००१/- देखि रु ८,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ३७,०००/-
  • १२. रु. ८,००,००,००१/- देखि रु ९,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ४०,०००/-
  • १३. रु. ९,००,००,००१/- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ४३,०००/-
  • १४. रु. १०,००,००,०००/- भन्दा माथि प्रति १ लाखको
  • रु ३०/- का दरले दस्तुर लाग्ने छ ।

ख) पव्लिक लिमिटेड कम्पनी

  • १. रु १,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १५,०००/-
  • २. रु १,००,००,००१ /- देखि रु १०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ४०,०००/-
  • ३. रु १०,००,००,००१ /- देखि रु २०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. ७०,०००/-
  • ४. रु २०,००,००,००१ /- देखि रु ३०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १००,०००/-
  • ५. रु ३०,००,००,००१ /- देखि रु ४०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १३०,०००/-
  • ६. रु ४०,००,००,००१ /- देखि रु ५०,००,००,००० /- अधिकृत पूँजी भएको
  • रु. १६०,०००/-
  • ७. रु. ५०,००,००,०००/- भन्दा माथिको अधिकृत पूँजी भएमा प्रति १ करोडको
  • रु.३०००/- का दरले दस्तुर लाग्नेछ ।


ग) दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेमा :

पछिल्लो पूँजी कायम भएको थप पूँजी अनुरुप पहिले तिरीसकेको दस्तुर कट्टा गरी नपुग रकम नयाँ दररेट अनुसार वुझाउनुपर्नेछ ।

घ) कम्पनी ऐन, २०६३ ले थप व्यवस्था गरेका दस्तुर :

१. दफा १३ को उपदफा (२) र (४) को प्रयोजनको लागि प्रा.लि.बाट प.लि.मा र प.लि.बाट प्रा.लि. मा परिणत गर्दा नयाँ दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत रकम ।

२. दफा २१ को उपदफा (३) को प्रयोजनको लागि कम्पनीको नाम परिवर्तन गर्दा लाग्ने दस्तुर नयाँ दर्ता गर्दा लाग्ने प्रचलित दस्तुरको २५ प्रतिशत वा बढिमा रु. ५,०००।-

३. दफा २३ को उपदफा (६) र दफा २५ को उपदफा (२) को प्रयोजनको लागि प्रतिलिपि दस्तुर प्रतिपेज रु. १०।-

४. दफा ५६ को उपदफा (३) को प्रयोजनको लागि शेयर पूँजी वृद्धिमा लाग्ने दस्तुर । दफा ५६.१ (क) र -ख) को
पूँजी वृद्धिको हकमा हाल कायम हुने अधिकृत पूँजीमा साविकमा तिरेको रजिष्ट्रेशन दस्तुर कट्टी गरी वाँकी हुन आउने रकम । दफा ५६.१ (ख) अनुसार साविक पूँजीमा हेरफेर नभएमा वा कमी भएमा र दफा ५६ .१ (ग) को हकमा रु. १,०००।-

५. दफा १२४ को उपदफा (१) को प्रयोजनको लागि निरीक्षकको प्रतिवेदनको प्रतिलिपि पाउन लाग्ने दस्तुर रु. १००।-

६. दफा १३६ को उपदफा (१) को खण्ड (क) र दफा १५८ को उपदफा (१) को प्रयोजनको लागि कम्पनीको दर्ता

खारेज गर्दा लाग्ने दस्तुर रु. १०,००,०००।- रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनी भए रु. १,०००।- र सो भन्दा
बढी चुक्ता पूँजी भएकोमा रु. ५,०००।-

७. दफा १५० को उपदफा (२) को प्रयोजनको लागि शेयरधनीले साधारण सभामा भाग नलिएको कुराको उजूरी निवेदन
दिन लाग्ने दस्तुर रु. ५००।-

८. दफा १५३ को उपदफा (३) को प्रयोजनको लागि एकल शेयरधनी भएको कम्पनीको शेयर हस्तान्तरण तथा दाखिला खारिज भएको अभिलेखको लागि दर्ता गर्दा लाग्ने दस्तुर अनुसारको रकम ।

९. दफा १५४ को उपदफा (९) को प्रयोजनको लागि विदेशी कम्पनीको दर्ता कितावको प्रतिलिपिको लागि लाग्ने दस्तुर प्रतिपेज- रु. ५०।-

२. दफा १५४ को उपदफा (२) र (३) को प्रयोजनको लागि लाग्ने दस्तुर

१. रु १००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. १५,०००।–

२. रु १,००,००,००१।– देखि रु १०,००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. ४०,०००।–

३. रु १०,००,००,००१।– देखि रु २०,००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. ७०,०००।–

४. रु २०,००,००,००१।– देखि रु ३०,००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. १,००,०००।–

५. रु ३०,००,००,००१।– देखि रु ४०,००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. १,३०,०००।–

६. रु ४०,००,००,००१।– देखि रु ५०,००,००,०००।- सम्म प्रस्तावित लगानी भएमा

  • रु. १,६०,०००।–

७. रु ५०,००,००,०००।– भन्दा माथिको प्रस्तावित लगानी भए प्रति एक करोडको

रु. ३,०००।– का दरले थप दस्तुर लाग्नेछ।

८.लगानी नखुलेको भए एकमुस्ट रु. १,००,०००।– दस्तुर लाग्नेछ।

ख) विदेशी कम्पनीले सम्पर्क कार्यालय दर्ता गर्दा एकमुस्ट रु. ५०,०००।– दस्तुर लाग्नेछ।

३. दफा १६६ को उपदफा (२) बमोजिमको मुनाफा वितरण नगर्ने गरि संस्थापना हुने

कम्पनिका लागि एकमुष्ठ रु. १५,०००।–दस्तुर लाग्नेछ।


१०. नेपाल सरकारले कम्पनी ऐन, २०६३ को दफा २८ को उपदफा (३) र दफा १८२ को उपदफा (३) को प्रयोजनाको लागि वाषिर्क सयकडा १०% ब्याजदर तोकेको छ ।
ड.) कम्पनी ऐन, २०६३ बमोजिम संशोधित भै लागू भएको जरिवाना सम्बन्धि व्यवस्था

विवरण नपठाएमा जरिवाना हुने (दफा ८१) :
यस ऐन बमोजिम कम्पनीले कार्यालयलाई उपलब्ध गराउनु पर्ने कुनै विवरण, सुचना वा जानकारी वा कम्पनीलाई पदाधिकारी वा शेयरधनीले उपलब्ध गराउनु पर्ने जानकारी उपलब्ध गराउन यस ऐनमा कुनै म्याद तोकिएकोमा त्यस्तो म्याद भित्र सम्बन्धित कम्पनीले सञ्चालक वा त्यस्तो विवरण, सुचना वा जानकारी कार्यालय वा कम्पनीलाई उपलब्ध गराउनु पर्नेछ ।

 

  • उपदफा (१) बमोजिमको म्यादभित्र दफा ५१,७८,१२०,१३१ वा १५६ बमोजिमको विवरण, सुचना, जानकारी वा जवाफ उपलब्ध नगराउने देहायका कम्पनीका संचालक वा त्यसका पदाधिकारीलाई रजिष्ट्रारले देहाय बमोजिम जरिवाना गर्नेछ ।
    (क) म्याद भुक्तान भएको तिन महिनाा सम्मको लागि पच्चीसलाख रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी भए एक हजार रुपैंया, एककरोड रुपैंयासम्म चुक्ता पुँजी भएको कम्पनी भए दुइ हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए पाँच हजार रुपैंया ।
    (ख) खण्ड (क) बमोजिमको म्याद भुक्तानी भएको मिति देखी थप तिन महिना सम्मका लागि पच्चीस लाख रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए पन्ध्रसय रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए तिन हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए सात हजार रुपैंया ।
    (ग) खण्ड (ख) बमोजिमको म्याद भुक्तानी भएपछि थप छ महिना सम्मका लागि पच्चीस लाख रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए दुइ हजार पाँच सय रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए पाँच हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए दश हजार रुपैंया ।
    (घ) खण्ड (ग) बमोजिमको पनि म्याद भुक्तानी भईसकेकोमा पच्चीस लाख रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक बर्षो लागि पाँच हजार रुपैंया, एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षो लागि दश हजार रुपैंया र सो भन्दा बढि चुक्ता पुँजी भएको कम्पनी भए प्रत्येक वर्षो लागि बिस हजार रुपैंया ।
  • उपदफा (१) बमोजिमको म्यादभित्र त्यस्तो विवरण, सुचना वा जानकारी उपलब्ध नगराउने मुनाफा वितरण नगर्ने कम्पनीको हकमा त्यस्तो कम्पनीको सञ्चालक वा पदाधिकारीलाई एक करोड रुपैंया सम्म चुक्ता पुँजी भएको कम्पनीलाई हुने सरहको जरिवाना हुनेछ ।
  • यस ऐन बमोजिम कार्यालयमा पठाउनु पर्ने अन्य विवरण, सुचना वा जानकारी उपलब्ध नगराउने कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारी वा शेयरधनिलाई त्यस्तो विवरण, सुचना वा जानकारी उपलब्ध गराउनु पर्ने म्याद समाप्त भएको मितिले एक महिना भुक्तान भएपछि प्रत्येक महिनाको दुइ सय रुपैंयाको दरले जरिवाना हुनेछ ।

 सूचनाहरु सबै हेर्नुहोस

  • 455 2080-5-7 14:57:48